Not Found

The requested URL was not found on this server.


Apache/2.4.66 (Debian) Server at sf9j2oa.sbs Port 80
अन्तर विधालय लिग २०८२ सुरु - The Ocean Club
For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

अन्तर विधालय लिग २०८२ सुरु

अन्तर विधालय लिग २०८२ सुरु

द ओसन क्लबको आयोजनामा नियमित सन्चालन हुदै आएको अन्तरविद्यालय लिग २०८२ आज उद्धधाटन भएको छ। गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगर ज्यूले आज एक कार्यक्रमका बिच प्रतियोगिता सुभारम्भ गर्नु भएको हो। 

प्रतियोगिता अन्तर्गत आज यु-१३ छात्र तर्फ र छात्रा तर्फ समान २ खेल सम्पन्न भएका छन्।  

आजको नतिजा  

मिती २०८२ असोज २५ 

यु-१३ छात्र लिग 

खेल न १- सरस्वती मा वि आहाले १-० रत्नलक्ष्मी मा वि 

खेल न २ – नवज्योति मा वि डण्डीडाडा २-० महालक्ष्मी मा वि लक्ष्मीबजार 

छात्रा लिग

खेल न १- लक्ष्मी सामुदायिक शिक्षा सदन २-० रत्नलक्ष्मी मा वि 

खेल न २- महालक्ष्मी मा वि १-० सरस्वती मा वि आहाले

गोरखा नगरपालिकाको विशेष सहयोगमा “मेयर युवा फुटबल विकास परियोजना” अन्तर्गत सन्चालन हुने प्रतियोगितामा छात्र तर्फ यु-१३ उमेर समूह र छात्राहरुको ( कक्षा १०) सम्मको खेलाडिहरु सहभागी हुनेछ । 

प्रत्येक हप्ताको सनिवार खेलहरु सन्चालन गर्ने गरि प्रतियोगिताको खेल तालिका निर्धारण गरिएको छ। 

प्रतियोगितामा यु-१३ तर्फ ८ विधालय र छात्रा तर्फ ५ विधालयको सहभागिता रहेको छ। 

यु-१३ विजेता टिमले ११औ ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछ। 

दुुवै समुहका विजेता उपविजेता टिमलाई ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी विधालयलाई प्रत्येक खेलमा म्याच मनिको व्यवस्था गरिएको छ।