दशै अघि घासे मैदान सम्पन्न गर्ने तयारी


द ओसन क्लबको गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित प्रशिक्षण मैदानको स्तरोन्नती गरि टर्फ बिच्छ्याउने योजना अनुसार गत मंसिरबाट काम सुरुवात भएको थियो । हालसम्म मैदान निर्माण पूर्वाधारको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ।
कोरोनाको संक्रमण नियन्त्रणमा नआएपछि सामाजिक दुरी र अन्य मापदण्ड पूरा गर्दै काम पुनः सुरु गर्ने र दशैं अघिनै यो काम सम्पन्न गर्ने लक्ष्य रहेको छ।

४४ मिटर लम्बाई र २३ मिटर चौडाई क्षेत्रफल भएको टर्फका लागि मैदान सम्याउने, ड्रेनेस निर्माण, , टर्फ राख्नको लागि आवश्यक पर्ने गिटी र बालुवा राख्ने काम सकिएको र अब टर्फ बिछ्याएर मैदान तयार गर्ने क्रममा रहेका छौ।
मैदानका लागि ३१ लाख रुपैयाँ भन्दा बढी खर्च गर्ने अनुमान गरिएको थियो । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ८ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत १० लाख रुपैयाँ र वडा नं ९ ले २ लाख रुपैयाँ विनियोजन भएको छ । पालुङटार नगरपालिकाले मैदान स्तरोन्नतीका लागि आवश्यक पर्ने गिटी, बालुवा उपलब्ध गराएको छ।
बेल्जियममा रहेका गोरखाको मान्बुका राम घलेले ५० हजार रुपैयाँ तथा विदेशामा रहेको अन्इबाट झन्डै २ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। । पहिलो चरणको काम सम्पन्न गर्न अझै ९ लाख रुपैयाँ भन्दा बढी नपुग देखिएकोले सहयोगका लागि सबै सह पुनः आह्वान गर्दछौ।
