फुटबल तथा सास्कृतिक मेला २०७४ सन्चालन हुने

“एेतिहासिक गोरखा गोरर्खालीको पहिचान ,फुटबल बिकास गराउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ द ओसन क्लब दलभन्ज्याङ गोरखाको मुल आयोजनामा फुटबल तथा सास्कृतिक मेला २०७४ सन्चालन हुने भएको छ। स्व. ईमान बहादुर स्मृती प्रशिक्षण मैदान माघ २६ देखी फागुण १ गतेसम्म सन्चालन हुने मेलामा फुटबल लगायत अन्य गतिविधिहरु समेत हुनेछन।
यस क्लबको नियमित प्रशिक्षण एवम् प्रशिक्षण मैदानको स्तरोन्ती कार्यको लागी बजेट जुटाउने उदेश्यका साथ सन्चालन हुने यस मेलामा तेस्रो ६-ए साईड भेट्रान्स फुटबल प्रतियोगिता, यू-१३ फुटबल, फुटबल कला प्रदर्शनी, फोटो प्रदर्शनी लगायातका कार्यक्रमहरु सन्चालन हुनेछन्। साथै विभिन्न लोक कलाकारहरुको प्रस्तुतिहरुबाट पनि दर्शक एवम् खेलाडीहरुले मनोरन्जन लिन सक्नेछन्।
सिर्दी दलभन्ज्यांङ खानेपानी तथा सरसफाई उपभोक्ता समिती, सिर्जनशिल दलित गुठी समाज र कामधेनु महिला समूहको सह आयोजनामा सन्चालन हुने लागेको यस मेलालाई सफलतापूर्वक सम्पन्न गर्नको लागी सहयोगको लागी सबै पक्षसंग हार्दिक आह्वान गर्दछौ।