फिटनेस नेपालद्दारा द ओसन क्लबको लागी जर्सी सहयोग

गोरखा जिल्ला गोरखा नगरपालिका -१ ठूलोआँगन घर भई हाल सिड्नी अष्ट्रेलियामा रहदै आउनु भएका सन्जित श्रेष्ठज्यूले यस द ओसन क्लबको लागी बर्ष २०७३ को लागी जर्सी प्रायोजन गर्नुभएको छ। यस बर्ष भरी यस क्लबले सहभागिता जनाउने सम्पूर्ण प्रतियोगिताहरुमा फिटनेस नेपालको लोगो अङ्कित जर्सि प्रयोग हुनेछ। अष्ट्रेलियामा फिटनेश नेपाल नामक व्यायमशाला सन्चालन गर्दै आउनु भएका श्रेष्ठज्यूले गर्नुभएको सहयोग एवम् यस क्लबको माया प्रति यस द ओसन क्लब परिवार हार्दिक धन्यवाद प्रदान गर्दछौ। साथै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौ। पौष्टिक आहार एवम् स्वास्थ्य सम्बन्धि जनचेतनाको लागी यस क्लबको सहयोगार्थ फिटनेस नेपालबाट ” Golden coins for the ocean club” भन्ने अभियान पनि सन्चालन हुदै आएको जानकारी गराउदछौ।