न्यानो माया प्रदान कार्यक्रम सम्पन्न

द ओसन क्लब दलभन्ज्याङ गोरखा र लायन्स क्लब अफ पोखरा स्टकको संयुक्त आयोजनामा २०७२ पौष २२ गते गोरखा न.पा-८ दलभन्ज्याङमा एक कार्यक्रमका बिच भूकम्पबाट पिडित भएका दलित, उड्पीडित वर्गका ६० वालवालिका तथा आमा,बुबा बाजे, बज्यैलाई न्यानो कपडा तथा सिरक वितरण गरिएको छ। यसै कार्यक्रममा पुन यूनाईटेड क्लव तथा सूर्योदय युवा क्लव नदीपुरको तर्फबाट द ओसन क्लबलाई खेलकुद सामग्री जर्सी फुटबल लगायत पनि हस्तान्तरण गरिएको थियो। लायन्स क्लव अफ पोखरा स्टक का अध्यक्ष नारायण भण्डारीको प्रमुख अतिथ्त्यतामा सम्पन्न कार्यक्मको संयोजन आरजु बिष्ट सल्यानीले गर्नु भएको थियो।यसै कार्यक्रमा लायन्स क्लबकाे तर्फबाट मितेरी सम्बन्ध स्थापनाको पनि घोषणा गरिएको थियो।