द ओसन क्लबको संयोजनमा विधालय निर्माण हुदै
एफ वन ग्रुप अमेरिकाको अार्थीक सहयोगमा द ओसन क्लब दलभन्जयाङ गोरखाको प्राविधिक सहयोग एवम् संयोजनमा श्री शिद्काली उच्च मा.वि तान्द्राङ -५ गोरखाको पांच कोठे पक्की विधालय भवन निर्माणको काम सुरु भएको छ। करिब २० लाख रुपैयाको लागतमा निर्माण हुने भवनमा सुविधा सम्पन्न ५ वटा कक्षा कोठा साथै २ वटा शौचालय पनि रहनेछ। जनवरी २०१६ अन्त सम्ममा निर्माण सम्पन्न गरि बिधालय भवन हस्तान्तरण गरिने जानकारी क्लबले गराएको छ।