द ओसन क्लब अक्षय कोष
![](http://www.theoceanclub.org.np/wp-content/uploads/2015/09/fund-raising-edited-final-page-001.jpg)
फुटबल बिकासको लागी एउटै अभियान “द ओसन क्लब अक्षय कोष” स्थापनाको लागी आह्वान
“द ओसन क्लब अक्षय कोष”
आदरणीय फुटबल प्रेमी महानुभाबहरु,
विगत चार वर्षदेखी गोरखा जिल्लालाई कार्यक्षेत्र बनाई युवा फुटबल गतिविधिमा संलग्न यस द ओसन क्लबले मिती २०७१ पौष १७ गते तदअनुसार सन् २०१५ जनवरी १ तारिखको दिन “द ओसन क्लब अक्षय कोष” घोषणा गरेको जानकारी गराउदछौ। यस क्लबले विधिबत रुपमा जिल्ला प्रशासन कार्यालय गोरखामा संस्था दर्ता ऐन २०३४ को अधिनमा रही दर्ता भईसकेपछी नाफारहित सामाजिक सस्थाको रुपमा आफ्नो कार्यक्रमहरु अझ प्रभावकारी र व्यवस्थित तरिकाले अगाडी बढाउदै आएको छ। गोरखा जिल्लामा फुटबल विकासमा अग्रणी भूमिका खेल्ने उद्देश्यका साथ यस द ओसन क्लबले निशुल्क नियमित युवा फुटबल प्रशिक्षण(हाल ४० जना खेलाडीहरु रहेका छन्।), निशुल्क फुटबल प्रशिक्षण शिविर, बार्षिक रुपमा विधालय स्तरीय फुटबल प्रतियोगिता, खुल्ला फुटबल प्रतियोगिता एवम् अन्य फुटबल सम्बन्धी गतिविधिहरु सन्चालन गरिरहेको छौ । कुनै पनि संस्थालाई व्यवस्थित र दिगो रुपमा अगाडी लैजानको लागी आर्थिक रुपमा पनि सबल हुनुपर्ने आवश्यकता हामीले महशुस गरेका छौ । हाल सम्मका गतिविधि सन्चालनको लागी स्थानिय स्रोत साधनको उपयोग, विभिन्न शुभेच्छुक एवम् सहयोगी महानुभावहरुबाट आर्थिक एवम् भौतिक सामग्री सहयोग स्वीकार गरी अगाडी बढाउदै आइरहेको सन्दर्भमा यस द ओसन क्लबको कार्यक्रमलाई अझ प्रभावकारी एवम् नियमित रुपमा सन्चालनको लागी हामीले अक्षय कोष स्थापनाको उद्देश्य राखेका छौ । गोरखा जिल्ला एबम् आसपासका क्षेत्रहरुलाई समेत आफ्नो कार्यक्षेत्र बनाउदै फुटबल गतिविधिलाई अगाडी बढाउदै लैजाने र राष्ट्रको फुटबल विकासमा योगदान दिने हाम्रो उद्देश्य रहेको छ। हामीले यस द ओसन क्लबको आर्थिक दिगोपनको लागी रु २,५००,०००।–(अक्षरुपी रुपैया पच्चिस लाख मात्र) को अक्षयकोष स्थापना गर्ने उद्देश्य राखेका छौ। र यस रकमबाट प्राप्त व्याजबाट क्लबको नियमित गतिविधीलाई अगाडी लैजान सहज हुने आशा राखेका छौ ।
यस अक्षय कोष स्थापनाको लागी हामीले मानार्थ आजीबन संस्थापक सदस्यको रुपमा प्रति व्यक्ति रु ५,०००।०० (अक्षरुपी पाँच हजारका) दरले रकम संकलन गर्ने र सस्थागत रुपमा प्रति संस्था रु १०,०००।०० अक्षरुपी दश हजारका) दरले रकम संकलन गर्ने उद्देश्य राखेका छौ । यस अभियानको लागी हामीले स्थानिय क्षेत्र, सम्पुर्ण गोरखा जिल्ला, गोरखा जिल्ला जन्मथलो भई देशका विभिन्न क्षेत्र एवम् विदेशमा रहनुभएका गोरखाली दाजु भाई एवम् दिदी बहिनीहरुलाई विशेष रुपले समेट्ने लक्ष्य बनाएका छौ । साथै फुटबललाई माया गर्नुहुने, फुटबल विकासको क्षेत्रमा लागी पर्नुहुने व्यक्ति एवम् संघ संस्थाहरुलाई यस द ओसन क्लबमा सदस्यको रुपमा स्वागत गर्ने उद्देश्य रहेको छ । यस अभियानको लागी आम सर्वसाधारण फुटवल प्रेमी महानुभावहरुले स्वेच्छीक रुपमा आर्थिक सहयोग गरि यस अभियानमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ । यस अभियानमा सहभागी हुनको लागी यस क्लबको नाममा मनासलु विकास बैकमा रहेको खाता नं ००१०००००१७५ सीसी मा रकम जम्मा गर्न सक्नु हुनेछ। साथै स्वयम् यस क्लबको कार्यालय दलभन्ज्याङ्ग गोरखामा उपस्थित भई रकम उपलब्ध गराउन सक्नुहनेछ। यहाहरुको साथ र सहयोगबाट यस अक्षयकोषलाई सन् २०१५ भित्रमा पूर्णाता दिन सक्नेछौ भन्ने हामीले आशा राखेका छौ।
अहिले नगरे कहिले । हामिले नगरे कसले।।
फुटबल सबैका लागी हाम्रो उद्देश्य ।।। रु पच्चिस लाखको अक्षय कोष स्थापनाको लक्ष्य।।।
आनुहोस सबै मिली अगी बढौ ।।।