गोरखा जिल्ला स्तरीय अन्तर विधालय यू-१६ फुटबल प्रतियोगिता २०७२ कार्तिक १८ गतेबाट
गोरखा जिल्ला विधालय फुटबल संघको आयोजनामा २०७२ कार्तिक १८ गतेबाट गोरखा जिल्ला स्तरीय अन्तर विधालय यू-१६ फुटबल प्रतियोगिता सन्चालन हुने भएको छ। हरमटारी स्थित खेल मैदानमा नकआउटको आधारमा सन्चालन हुने प्रतियोगितामा गोरखा जिल्लाका २५ भन्दा बढी विधालयहरुको सहभागिता हुने आयोजकले विश्वास लिएको छ। प्रतियोगितामा टिम दर्ता शुल्क रु ३००० रहेको छ। प्रतियोगिता सम्बन्धी अन्य जानकारीको लागि ९८४६०६८६१५ वा ९८५६०४०८३५ मा आयोजकलाई सम्पर्क गर्न सक्नु हुनेछ।